Search
Close this search box.

नवलपुरमा ८५ हजार बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने

नवलपुर, २२ चैत । नवलपरासी (बर्दघाट सुस्तापुर्व) मा झण्डै ८५ हजार बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंका अनुसार देशभरका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने अभियान अन्र्तरगत नवलपुरमा पनि १५ महिना देखी १५ बर्ष उमेर समुहका बालबालीकाहरुलाई उक्त खोप लगाईने भएको हो ।

वैशाख देखि स्कुलको परीक्षा सुरुवात हुने र चुनाव पनि सगै भएका कारणले गर्दा यहि चैत २४ गतेदेखि खोप अभियान सुरु गरीने प्रमुख केशव चापागाईंले बताउनुभयो । उहाँका अनुसार अभियानमा २ सय ५० वटा खोप केन्द्रबाट खोप लगाइनेछ । कुनै पनि विद्यालय भन्दा बाहिरका स-साना बालबालिकाहरु आफ्नो वडामा तोकिएको विद्यालय तथा नजिकको खोप केन्द्रमा गएर खोप लगाउन सक्नेछन् । साथै खोप लगाए पछि सबै बालबालिकालाई खोप कार्ड उपलब्ध हुने प्रमुख चापागाईंको भनाई छ ।

चापागाईका अनुसार खोप केन्द्रमा ३१० स्वास्थ्यकर्मी परिचालन गरिनेछ भने टाइफाइड विरुद्धको खोप अभियानका लागि नवलपुरमा १६ हजार ८९६ भाएल खोप आएको छ । टाइफाइड कुनै पनि संक्रमित व्यक्तिको दिसाको माध्यमबाट अथवा दूषित खाना र पानीको माध्यमबाट सर्ने रोग हो ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान