एमाले प्रवेश गरेको एकदिन नबित्दै माओवादीमै फर्किए पित्तबहादुर

धादिङ, २२ चैत । सोमबार मात्र नेकपा एमाले प्रवेश गरेका धादिङ बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्ष पित्तबहादुर डल्लाकोटी नेकपा माओवादी केन्द्रमा नै फर्किएका छन् ।
२०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्ष निर्वाचित डल्लाकोटी पार्टी परित्याग गरेर ओलीबाट टिका लगाउँदै एमाले प्रवेश गरेका थिए ।
तर, उनी आजै पुनः माओवादी केन्द्रमै फर्किएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै क्षणिक आक्रोशमा आएर आफूबाट गल्ती भएको बताएका छन् । उनले आफ्नो गल्तीले पार्टीमा परेको क्षतिप्रति गम्भीर आत्माआलोचना गरेको बताएका छन् ।
तपाइँको प्रतिक्रिया