सुन-चाँदीको मूल्य घट्यो,कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ, २३ चैत ।
नेपाली बजारमा बुधबार सुन-चाँदीको मूल्यमा गिरावट आएको छ। मंगलबार तोलामा १ रुपैयाँले बढेको सुन आज ३ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामामा ३ सय रुपैयाँले घटेर तोलाको ९८ हजार ५०० रुपैयाँ कायम गरिएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार तोकिएको छ।
यसअघि मंगलबार सुनको मूल्य १ सय रुपैयाँले बढेर तोलाको ९८ हजार ८०० कायम गरिएको थियो। तेजावी सुनको मूल्य तोलाको ९८ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो। आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबारको तुलनामा चाँदी ५ रुपैयाँले घटेर तोलाको १३३५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।
मंगलबार चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १३४० रुपैयाँमा किनबेच भएको थियो।
तपाइँको प्रतिक्रिया