रुसमाथि थप प्रतिबन्ध लगाउँदै अमेरिका र ईयू, अहिलेसम्म के के छन् ?

काठमाडौँ, २३ चैत ।
पश्चिमी नेताहरूले बुधबार रुसमाथि लगाउने थप प्रतिबन्धको घोषणा गर्ने तयारी गरेको अमेरिकाले जनाएको छ। युक्रेनी सहर बुचामा युद्धका क्रममा रुसले गरेको अत्याचारविरुद्ध थप प्रतिबन्ध लगाउने तयारी पश्चिमा शक्तिहरुले गरेको हो।
ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले रुसी वित्तीय र राज्य स्वामित्व भएका निकायहरू साथै केही अधिकारीहरू र कुलीन वर्गहरूलाई लक्षित गर्ने प्रतिबन्ध लाग्ने बताएकी छिन् ।
यो कदमले पुटिनको युद्धलाई सहयोग गर्ने र समर्थन गर्ने रुसी गुटशाहीलाई जवाफदेही बनाउने साकिको भनाइ छ। रुसमाथि पश्चिममा मुलुकहरुले कयौं किसिमका प्रतिबन्ध लगाएका छन् । तीमध्ये रुसी केन्द्रीय बैंकको ६३० अर्ब डलर सम्पत्ति रोक्का गरेका छन्। यस्तै केही रुसी बैंकहरूलाई अन्तर्राष्ट्रिय वित्तीय भुक्तानी प्रणाली स्विफ्टबाट हटाइएको छ। स्विफ्ट सीमापार पैसा स्थानान्तरण गर्न प्रयोग गरिने प्रणाली हो।
अमेरिकाले सबै रुसी तेल र ग्याँस आयातमा प्रतिबन्ध लगाएको छ भने, ईयू र बेलायतले तेल आयातलाई चरणबद्ध गर्ने योजना बनाएको छ।
तपाइँको प्रतिक्रिया