गैँडाकोटमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर तथा स्तन परिक्षण सम्वन्धी शिविर सम्पन्न

गैँडाकोट, २३ चैत । नवलपरासी (बर्दघाट सुस्तापुर्व) को गैँडाकोट नगरपालिकामा महिलाहरुको पाठेघरको मुखको क्यान्सर तथा स्तन परिक्षण सम्वन्धी एक दिने शिविर सम्पन्न भएको छ ।
कतिपय महिलाहरु पाठेघरमा लाग्ने रोगबारे अनविज्ञ रहेको भन्दै उनीहरुलाई पाठेघर र स्तनमा लाग्ने रोगबारे सचेतना जगाउने उद्धेश्यले गैँडाकोट नगरपालिका वडा नम्वर ४ को आयोजनामा सो कार्यक्रम गरिएको हो ।
आर्थिक अवस्था कमजोर भएका महिलाहरुले अस्पतालमा गएर स्वास्थ्य परिक्षण गराउँन नसक्ने भएका कारण विपन्न महिलालाई लक्षित गरेर शिविरको आयोजना गरिएको गैँडाकोट वडा नम्वर ४ की वडासदस्य संगिता घिमिरे पण्डितले जानकारी दिनुभयो ।
भरतपुर अस्पतालका डाक्टर दिप्ती शर्मासहित १५ जनाको टोलीले स्वास्थ्य परिक्षण गर्नुएको थियो ।
सो अवसरमा १९१ जना महिलाहरुले स्तन तथा पाठेघरको परिक्षण गराएका थिए । परिक्षण गराउँने १० जनालाई बढी समस्या देखिएको थियो । उनीहरुले भतरपुर अस्पतालमा पुनः परिक्षण पश्चात उपचार गर्नेछन् ।
तपाइँको प्रतिक्रिया