विकू र पूजा साकोस बीच एकिकरण, रत्ननगरमा एकीकृत सेवा शुभारम्भ

गैँडाकोट, २३ चैत । नवलपुरको गैँडाकोटमा मुख्य कार्यालय विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चितवनको रत्ननगरमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
पूजा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई गाभेर विकूले बुधबारदेखि रत्ननगर १ बकुलहर चोकमा एकीकृत सेवा शुभारम्भ तथा पूजा सेवा केन्द्रको उद्घाटन गरेको हो । ओम प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला देवी दुवाडी प्रमुख अतिथि रहनुभएको थियो ।
एक लाख सदस्य पु¥याएको विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पुँजी करिब २० अर्ब रुपैयाँ रहेको छ । सेवा केन्द्र उद्घाटनका क्रममा स्थानीय उद्योगी, व्यवसायी तथा सामाजिक अगुवाहरुले संस्थालाई सफलताको शुभकामना दिएका थिए ।
तपाइँको प्रतिक्रिया