सौराहामा नयाँ वर्षको अवसरमा ‘फुड फेस्टिबल’ हुने

चितवन, २५ चैत । चितवनको सौराहामा नयाँ वर्षको अवसरमा १६ औँ‘फुड फेस्टिबल’ हुने भएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल सौराह चितवनको आयोजनामा यही चैत ३० गतेदेखि वैशाख २ गतेसम्म ‘फुड फेस्टिबल’ हुन लागेको हो ।
विगतका वर्षहरुका प्रणय दिवसको अवसर पारेर आयोजना गरिने फुड फेस्टिबल अहिले कोरोना भाइरसको कारण नयाँ वर्षको अवसरमा गर्न लागेको मुल समिति संयोजक ध्रुव गिरीले जानकारी दिनुभयो ।
संयोजक गिरीका अनुसार स्थानीय, स्वदेशी तथा विदेशी खाना, स्थानीय कला सँस्कृती, भेषभुषाको जर्गेना गर्दै पर्यटकीय गन्तव्यको रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउने उद्देश्यले १५ वर्षदेखि फुड फेस्टिवल हुँदै आएको छ । यस वर्ष भने कोरोनाका कारण धरासायी भएको पर्यटन व्यवसायलाई उकास्नका लागि रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपालले फुड फेस्टिबललाई निरन्तरता दिएको हो ।
तिनदिनसम्म सञ्चालन हुने सो कार्यक्रममा पहिलो दिन बन्द घेराउभित्र देशकै ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहनेछ । यसैगरी १ गते र २ गते विभिन्न जातजातीको साँस्कृतिक झाँकीहरुको प्रस्तुती पनि रहनेछ । फेस्टिबलको कारण उत्पन्न हुने फोहोर व्यवस्थापनर सवारीसाधन पार्किङको पनि व्यवस्था गरिएको मुल समिति संयोजक गिरीले जानकारी दिनुभयो ।
उक्त फेस्टिबल सम्पन्न गर्नका लागि ६० लाख खर्च गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा दैनिक १५ हजारदेखि २० हजार जना अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ ।
तपाइँको प्रतिक्रिया