स्याङ्जा किचनास कल्याणकारी समाज चितवन-नवलपरासीको अध्यक्षमा शर्मा

गैँडाकोट, २६ चैत । स्याङ्जा किचनास कल्याणकारी समाज चितवन-नवलपरासीको अध्यक्षमा खेमराज शर्मा पुनः चयन हुनुभएको छ । शनिबार गैँडाकोट नगरपालिका वडा नम्वर २ मा सम्पन्न समाजको ११औँ साधारण सभा तथा चौथो अधिवेशनले शर्मालाई पुनः अध्यक्षमा चयन गरेको हो ।
यस्तै अधिवेशनले समाजको उपाध्यक्षमा हुमनाथ पौडेल, सहसचिवमा प्रेमप्रकाश पोख्रेल, कोषाध्यक्षमा सावित्रा काफ्ले र सचिवमा पुर्णचन्द्र पोख्रेललाई चयन गरेको छ । भने सदस्यहरुमा चन्द्रकान्त भण्डारी, सुमित्रा श्रेष्ठ, गिता ढकाल, लोकनाथ वाग्ले हेमराज शर्मा र तुलसी गिरीलाई चयन भएका छन् ।
स्याङ्जाको किचनासमा जन्म भई चितवन र नवलपरासीमा बसाई सरी आएका मानिसहरुले सामाजिक सेवा गर्ने र आफ्नो जन्मस्थानको प्रवर्धन गर्ने उद्धेश्यले २०६८ सालमा यस कल्याणकारी समाजको स्थापना गरेका हुन् ।
शनिबार सम्पन्न साधारणसभा तथा अधिवेशनमा कल्याणकारी समाजले प्रकाशित गरेको किचनास बिम्ब स्मारिका २०७८ पनि विमोचन र तिन जना जेष्ठ नागरीकलाई र विशिष्ठ आजिवन सदस्यलाई सम्मान समेत गरेको थियो ।
सो अवसरमा समाजसेवी योगेन्द्रबहादुर खाँण ठकुरी, विरेन्द्र क्याम्पसका सेवानिबृत सह प्राध्यापक मणीराम शर्मा काफ्ले, समाजसेवी धनप्रसाद शर्मा, कृष्ण कान्त मरासिनी, टिकाराम बाग्ले लगायतको उपस्थिती रहेको थियो ।
संस्थाका अध्यक्ष खेमराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सचिव पुर्णचन्द्र पोख्रेलले कार्यक्रम सञ्चालन र उपाध्यक्ष हरिशरण पोख्रेलले उपस्थित सम्पुर्णलाई स्वागत गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया