गैँडाकोट ११ को वडाअध्यक्षमा पुन: गोविन्द सुवेदीलाई उठाउने निर्णय

गैँडाकोट, २७ चैत्र ।
गैँडाकोट ११ को वडाअध्यक्षमा पुन: गोविन्द सुवेदीलाई उठाउने निर्णय भएको छ । बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले फेरी सुवेदीलाई उठाउने निर्णय गरेको हो । ।२०७४ सालको स्थानीय निर्वाचनमा एमालेको तर्फबाट सुवेदी निर्वाचित भै अहिले वडाअध्यक्ष सम्हालिरहनु भएका सुवेदीलाई पुन अध्यक्षमा उठाउने निर्णय गरेको हो ।
नेकपा एमाले गैँडाकोट ११ को वडा कमिटीको आज बैठकले आकांक्षि अन्य भएपनि पुनः सुवेदीलाई आफ्नो कार्यकालमा गर्नुभएको उपलब्धिको मूल्याङ्कन सहित मौका दिने निष्कर्षमा पुगेको वडा कमिटी अध्यक्ष गुरुप्रसाद पौडेलले जानकारी दिनु भयो ।
तपाइँको प्रतिक्रिया