कावासोती १४ मा विभिन्न पार्टी परित्याग गरि २३७ जना एमाले प्रवेश

कावासोती, २७ चैत्र ।
कावासोतीमा विभिन्न पार्टी परित्याग गरि २ सय ३७ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । कावासोती १४ बाट विभिन्न पार्टी परित्याग गरि उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।
जिल्ला स्थित नेताहरुले अबिर लगाएर पार्टीमा स्वागत गरेको एमाले नगर कमिटी सचिव राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । स्थानीय निर्वाचन नजिकिदै जाँदा एमालेले पार्टी प्रवेश कार्यक्रमलाई तब्रता दिएको छ। एमाले प्रवेश गर्नेको लहर समेत दिन प्रतिदिन बढ्दो रहेको छ ।
तपाइँको प्रतिक्रिया