प्रदेश २ को स्थायी राजधानी जनकपुर

जनकपुर ३ माघ । प्रदेश २ को स्थायी राजधानी जनकपुर कायम भएको छ ।
सोमबार भएको मतदानमा प्रदेशसभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले जनकपुरको पक्षमा मतदान गरेका छन् । प्रदेश सभामा १०४ जना सांसद छन् ।
जनकपुरधामको उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व पश्चिम राजमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमालाई राजधानी तोकिएको हो ।
तपाइँको प्रतिक्रिया