Search
Close this search box.

एमालेले गैँडाकोट ५ को वडाध्यक्षमा पुनः नवराज कंडेललाई उम्मेदवार बनाउने

गैँडाकोट, २८ चैत । नेकपा एमालेले गैँडाकोट नगरपालिका वडा नम्वर ५ को वडाध्यक्षमा पुनः नवराज कंडेललाई उम्मेदवार बनाउने भएको छ । २०७४ मा भएको स्थानिय तह निर्वाचनमा कंडेलले आफ्ना प्रतिस्पर्धी रत्नप्रसाद सापकोटालाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

वडाध्यक्ष कंडेलले अघिल्लो निर्वाचनमा जनतासंग गरेका अधिकांश बाचा पुरा गरेको बताउँदै आफुले परिकल्पना गरेका विकास निर्माणका काम बाँकी रहेको र त्यसलाई पुरा गर्नको लागि आफुँ पुनः वडाध्यक्षमा उठ्ने निर्णय गरेको बताउनुभयो ।

वडाध्यक्ष कंडेलले आफुले पाँच वर्षको अवधीमा सात किलोमिटर बाटो निर्माण, गैँडाकोट स्वास्थ्य चौकी भवन निर्माण गरी सञ्चालन, नदितटबन्धन, खानेपानी लगायत विकास निर्माणका काम गरेको भन्दै अव हुने निर्वाचनमा आफुले भारी मतले जित्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

‘मैले जनतालाई गरेका अधिकांश प्रतिवद्धता पुरा गरेको छु तर मैले म वडाध्यक्ष हुँदै गर्दा यस्तो परिवर्तन गर्छु भनेर जुन परिकल्पना गरेको थिए विचमा कोरोना भाइरस आयो त्यसैमा खट्नपर्यो र त्यो पुरा गर्न सकिन अबको मेरो उम्मेदवारी ति अधुरा काम पुरा गर्नको लागि हुनेछ ।’ कंडेलले भन्नुभयो ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान