निर्वाचनमा ६ करोड खर्च भएको अभिव्यक्ति दिने शशांकसंग आयोगले माग्यो जवाफ

काठमाण्डौ, २८ चैत्र ।
नेपाली कांग्रेसका नेता डा शशांक कोइरालालाई निर्वाचन आयोगले स्पष्टिकरण मागेको छ । प्रतिनिधि सभाको अघिल्लो निर्वाचनमा ६ करोड रुपैयाँ खर्च भएको अभिव्यक्ति दिएपछि निर्वाचन आयोगले उनीसँग जवाफ मागेको हो । ‘विभिन्न सञ्चार माध्यम मार्फत कोइरालाले दिनुभएको अभिव्यक्ति अनुसार ६ करोड रुपैयाँ खर्च भएको भन्ने आएकोले त्यसप्रति निर्वाचन आयोगको गम्भिर ध्यानाकर्षण भएको छ,’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार आयोजित पत्रकार सम्मेलनमा भन्नु भयो ।
उनलाई ७ दिन भित्र जवाफ पेस गर्न भनिएको छ । केही दिनअघि कोइरालाले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा ६ करोड रुपैयाँ खर्च भएको बताएका थिए । त्यसपछि उनी विवादमा तानिएका थिए । २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा आयोगले एक जना उम्मेदवारलाई २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने अधिकार दिएको थियो ।
तपाइँको प्रतिक्रिया