एमालेबाट गैँडाकोटको मेयरका लागि ६ जना र उपमेयरको लागि ४ जनाको दावी

गैँडाकोट, २९ चैत्र ।
नेकपा एमालेका ६ जना नेताहरुले गैँडाकोटको मेयरमा दाबी गरेका छन् । मेयरमा दावी गर्नेमा षडानन्द लामिछाने, यमुनाथ आचार्य, छत्रराज पौडेल, गोपाल प्रसाद गौतम,रामुकान्त अर्याल, श्री राम सुवेदी रहेको नगर कमिटि अध्यक्ष षडानन्द लामिछानेले मुकुन्दसेन टेलिभिजनलाई जानकारी दिनु भयो ।
यस्तै नगर उपप्रमुखमा ४ जनाले दावी गरेका छन् । उपप्रमुखको आकांक्षीमा चेतना अर्याल, छविकला पाण्डे, गिता तिवारी र यदुनाथ सिग्देलले रहेका हुन् ।मंगलबार बसेको नगर कमिटिको बैठकले उम्मेद्धावारका आकांक्षीको नाम संकलन गरेको थियो ।
सहमतिका आधारमा उम्मेद्धावारको टुंगो भने जिल्लाका पदाधिकारी सहित बस्ने बैठकले लगाउने लामिछानेले जानकारी दिनु भयो । स्थानिय तहको चुनाव २०७९ बैशाख ३० गते हुदै छ ।
तपाइँको प्रतिक्रिया