गोपेश्वर महादेव मन्दिरको वार्षिक साधारणसभा सम्पन्न

गैँडाकोट, २९ चैत । गैँडाकोट नगरपालिका वडा २ मा रहेको गोपेश्वर महादेव मन्दिरको २९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा गोपेश्वर महादेव मन्दिर, बोलबमधाम शिवालय सेवा समितीका अध्यक्ष वेदप्रसाद गौडेलले हिन्दु धर्म सस्कृती अति उत्तम र उपयोगी रहेको भन्दै वर्तमान अवस्थामा आध्यात्मिकतातिर ध्यान नदिदा हिन्दुधर्ममा विकृती फैलीएको उल्लेख गर्नुभयो । सन्सारमा नै भयावह रुपमा आएको कोरोना भाइरस, भुकम्प प्राकृतिक विपत्ती आउनुको मुख्य जड नै अधर्म, अहमता र होडबाजि रहेको अध्यक्ष गौडेलको भनाई थियो ।
सो अवसरमा संस्थाका सचिव नारायण सुवेदीले आर्थिक वर्ष २०७७/०८७ को वार्षिक प्रगती प्रतिवेदन तथा प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मन्दिरको सर्वाङ्गीण विकास निर्माणका लागि भक्तजनहरुको सहयोगबाट विगतदेखी नै स्थापना गरेको अक्षयकोषमा यस वर्ष एक लाख रुपैयाँ थप गरि छत्तिस लाख एक हजार रुपैँया रहेको बताउनुभयो ।
यसैगरी समितीका कोषध्यक्ष गोपाल प्रसाद अधिकारीले आर्थिक वर्ष २०७७/०७८ को अर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा श्री कृष्ण मन्दिर हर्कपुरका अध्यक्ष शान्ति कोइराला श्री कैलाश सन्यास आश्रमका अध्यक्ष पुण्यराज घिमिरे, गोपेश्वर महादेव मन्दिरका सल्लाहकार ओम प्रसाद सापकोटा, निलकण्ठ मरासिनी, मन्दिरको आजिवन सदस्य विष्णुमाया पन्थी, झलककाजी पौडेल लगायतले मन्दिरको उत्तररोत्तर प्रगतीको शुभकामना व्यक्त गर्नुभएको थियो ।
२०२४ सालको महाशिवरात्रीको दिन स्थापना भएको सो मन्दिरको हालसम्म ६१४ जना आजिवन सदस्य रहेका छन् ।
तपाइँको प्रतिक्रिया