‘विप्लव’ लाई चुनावमा सहभागी गराउने बारे मन्त्रिपरिषद् बैठकमा छलफल

काठमाण्डौ, ३० चैत्र ।
सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई स्थानीय चुनावमा कसरी सहभागी गराउने भनेर छलफल गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा भाग लिने वातावरण बनाउन माग गर्दै आएको सो पार्टीका मागबारे औपचारिक छलफल सरकार प्रवेश गरेको हो ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा विप्लवको पार्टीले अघि सारेका मागबारे छलफल भए पनि कुनै निर्णय भने भैसकेको छैन ।आयोगको समयसीमामा विप्लवको पार्टी दर्ता भएको छैन ।
तपाइँको प्रतिक्रिया