एमाले र राप्रपा नेपालबीच गठबन्धन

काठमाडौं, ३० चैत ।
एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन भएको छ । एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने समेत सहमति भएको छ । चुनावमा राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।
एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।
राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएको ठाउँमा नेकपा एमालेका उम्मेदवारलाई सघाउनेछ भने एमालेले पनि राप्रपा नेपालका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।
तपाइँको प्रतिक्रिया