नवलपुरका गायक कृष्ण गैरेको सूर्यमा भोट चुनावी गीत सार्वजनिक

नवलपुर ।
चुनाब लागेसंगै विभिन्न पार्टीहरुले चुनाबी गीतहरु बजारमा आउने क्रम बढेको छ । बिहानी कृयसन प्राली मार्फत् यतिबेला गायक कृष्ण गैरे र गायिका पूर्ण कला बिसिको चुनावी गीत सुर्यमा भोट बजारमा आएको छ । गितको बुधबार एमाले नवलपुर जिल्ला इन्चार्ज तिलक महत सहितका नेताले विमोचन गरेका थिए ।
चर्चित गायक तथा सर्जक हुम गैरेको लय तथा शब्द संकलन रहेको गीतमा कृष्ण गैरे र पुर्ण कला बि। सि। को सुमधुर स्वर रहेको छ । गायक, सर्जक गैरेकै निर्देशन तथा सम्पादन रहेको गितमा नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको दृश्य सहित विभिन्न दृश्यहरु समेटिएको छ ।
बजारमा आएको छोटो समयमै युटुब तथा टिक टकमा धेरैको मन जित्न सक्ने गायक गैरेलेदाबी गर्नु भएको छ गितले पार्टी लाई पनि थप सहयोग हुने बिश्वास लिइएको छ । गितमा पार्टी एमाले जाती एमाले जस्ता शब्दको प्रयोग गर्दै एमाले सरकारमा भएको बेला गरिएको कामको प्रसंशा पनि गरिएको छ ।
तपाइँको प्रतिक्रिया