काँग्रेस गैँडाकोटद्धारा नगरवासी समक्ष सुझाव संकलन आह्वान

गैँडाकोट, २ चैत्र ।
नेपाली काँग्रेस गैँडाकोटले नगरवासी समक्ष सुझाव संकलन सुरु गरेको छ ।स्थानीय तह निर्वाचनको लागि तयार गर्न लागिएको घोषणापत्रमा समावेश गनुपर्ने विषयलाई लिएर नेपाली काँग्रेस गैँडाकोटले नगरवासी समक्ष सुझाव संकलन सुरु गरेको हो ।स्थानीय जनभावनाको प्रतिनिधीत्व गर्दै नगरको विकासका सन्दर्भमा गनुपर्ने कामहरु लगायतका विषयमा आजदेखि बैशाख ५ गतेसम्म सुझाव संकलन आह्वान गरिएको नेपाली काँग्रेस गैँडाकोटले जनाएको छ ।
स्थानीय तह निर्वाचन २०७९ घोषणापत्र तयारी सम्बन्धमा आज आयोजित पत्रकार सम्मलेनमा नगरसभापति बद्रि सापकोटाले नगरवासीले दिएको सुझावलाई नेपाली काँग्रेसले घोषणापत्रमा समट्ने बताउनुभयो । नगर सचिव कृष्णमुरारी खनालको संयोजकत्वमा घोषणापत्र तयारी समिती तयार गरिएको भन्दै सबैको भावना समेट्ने गरि काँग्रेसले घोषणपत्र जनतामाझ ल्याउने उहाँको भनाई छ ।
गैँडाकोटका १८ वटै वडामा वडाअध्यक्ष बन्न चाहनेहरुको संख्या ठुलो रहेको भन्दै नगरसभापति सापकोटाले पार्टिले केहिदिनमै त्यसको टुंगो लगाउने बताउनुभयो । गठबन्धनसँग छलफल चलिरहेको भन्दै मतभारका आधारमा उमेदवारहरुको छिनोफानो गर्ने उहाँको भनाई छ ।नगर सभापति बद्रि सापकोटको अध्यक्षतामा कार्यक्रम भएको हो ।
तपाइँको प्रतिक्रिया