भारतलाई जोड्ने मुख्य मेरुदण्ड धार्मिक पर्यटन – मुख्यमन्त्री पोख्रेल

गैँडाकोट, ३ बैशाख
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गैँडाकोट ९ थुम्सीमा शिखरखजुराव शैली निर्माण गरिएको श्री हनुमान मन्दिरको साङ्ग विराट् ज्ञानमहायज्ञ महामहोत्सव २०७८ सम्पन्न भएको छ । आइतबारबाट सुरु भएको महोत्सव शनिवार (श्री हनुमान जयन्ती) को दिन समापन गरिएको हो । सो अवसरमा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले अल्पज्ञानी मान्छे नै बढी जान्ने बन्ने परम्परा हावी भएको बताउनुभएको छ ।
उहाँले ज्ञानी मान्छेले कहिल्यै फुर्ती नदेखाउने बताउँदै श्री हनुमान जी बाट हामिले महानता, अनुशासन, भक्ती र समर्पण जस्ता गुणहरु सिक्नुपर्ने उल्लेख गर्नुभयो । मुख्यमन्त्री पोख्रेलले हाम्रो देशमा समृद्धीका आधारहरु धेरै रहेको र त्योमध्ये सबैभन्दा महत्वपुर्ण आधार धार्मिक पर्यटन भएको स्पष्ट पार्नुभयो । छिमेकी ठुला देशहरु चिन र भारतलाई जोड्ने मुख्य मेरुदण्ड पनि धार्मिक पर्यटन रहेको उहाँको तर्क थियो ।
कार्यक्रममा गैँडाकोट ९ का वडाध्यक्ष प्रेमप्रसाद सापकोटा, मन्दिरका संरक्षक पवनकुमार अग्रवाल, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा नेपाली कांग्रेस क्षेत्रीय सभापती अमृत भट्टचन लगायत, नेपाली कांग्रेस नगर सभापती बद्री सापकोटा, कांग्रेस नेता गोपाल सापकोटा लगायतको उपस्थिती रहेको थियो ।आइतबार देवघाटधाममा अवस्थित श्री हरिहर सन्न्यास आश्रमका पिठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजको बाहुलीबाट महामहोत्सवको उद्घाटन एवं मूर्ति प्राणप्रतिष्ठा गरिएको थियो ।
तपाइँको प्रतिक्रिया