तनहुँमा गोविन्दराज जोशीले एमालेलाई सघाउने

तनहुँ, ४ बैशाख । स्थानीय तहको निर्वाचनमा तनहुँमा नेकपा एमाले र नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समूहबीच तालमेल हुने भएको छ ।
तालमेललाई प्रभावकारी बनाउन चुनावी परिचालन समिति गठन भएको छ । दुवै पक्षबाट चार/चार जना सदस्य रहने गरेर समिति गठन भएको हो ।
शक्ति सन्तुलन गरेर स्थानीय तहको निर्वाचनमा सहकार्य गर्ने सहमति भएको एमाले तनहुँका सचिव राजेश्वर ढकालले बताए ।
कुन पालिकामा कसले भाग पाउने भनेर भने सहमति भइसकेको छैन । पार्टीको प्रभाव, शक्ति सन्तुलन र हैसियतको आधारमा भागबण्डा हुने उनको भनाइ छ ।
कांग्रेसले सम्मानजनक व्यवहार नगरेका कारण एमालेसँग सहकार्य गरेर अगाडि बढ्न बाध्य भएको जोशीपुत्र दीपराज जोशीको प्रस्टोक्ति छ ।
तपाइँको प्रतिक्रिया