५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको खोप दिने सरकारको तयारी

काठमाडौँ, १२ जेठ ।
सरकारले पाँचदेखि एघार वर्षसम्मका बालबालिकालाई फाइजर खोप दिने भएको छ । कोरोनाविरुद्ध (कोभिड–१९) विरुद्धको फाइजर खोप दिइने भएको हो । अमेरिकी सरकारको सहयोगमा कोभ्याक्समार्फत फाइजर खोप दिइने भएको हो ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेश चौरसियाले कोभ्याक्स सुविधामार्फत नेपालले ८४ लाख मात्रा खोप प्राप्त गर्न लागेको जानकारी दिए । उनले सोही कार्यक्रम अन्तर्गत असार महिनाभित्र बालाबालिकाहरुलाई खोपको पहिलो मात्रा दिइने जानकारी दिए ।
तपाइँको प्रतिक्रिया