गैंडाकोटको कोटीहोममा सञ्चालित महायज्ञको आर्थिक प्रतिवेदन सार्वजनिक, १ करोड ५८ लाख ६८ हजार रुपैयाँ उठ्नै बाँकी

गैँडाकोट, २४ फागुन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट १० स्थित श्री सिद्धिदात्री दुर्गा मन्दिर कोटीहोमस्थलीमा सञ्चालन गरिएको श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको आर्थिक प्रतिवेदन सार्वजनिक गरिएको छ । माघ २३ देखि फागुन १ गतेसम्म सञ्चालन भएको महायज्ञको बुधबार एक कार्यक्रमको आयोजना गरि आम्दानी र खर्च सार्वजनिक गरिएको हो ।
श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ मुल समारोह समितिका सहसंयोजक वेद प्रसाद गौडेलले लेखा परिक्षण प्रतिवेदन सार्वजनिक गर्दै २ करोड ४४ लाख ७६ हजार १३३ रुपैयाँ आम्दानी भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार महायज्ञ सञ्चालन गर्न २९ लाख ८९ हजार ५५२ रुपैयाँ खर्च भएको थियो ।
सहसंयोजक गौडेलले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा कुल आम्दानी भएको रकममा विकु बचत तथा ऋण सहकारी संस्थामा २८ लाख १३ हजार २७७ रुपैयाँ, किसान बचत तथा ऋण सहकारी संस्थामा २९ लाख ७ हजार, ४४ रुपैयाँ, मुकुन्दपुर बचत तथा ऋण सहकारी संस्थामा १९ लाख १९ हजार ४९० रुपैयाँ र मेगा बैंकमा रु ५५ हजार ५५५ रुपैयाँ जम्मा भएको उल्लेख छ ।
यस्तै ग्लोवल आइएमई बैंकमा रु २ लाख ५ हजार ५५५ रुपैयाँको र ५० हजार रुपैयाँ गरि दुईवटा चेक, नेपाल बैंकमा १५ हजार ५ रुपैयाँ गरि कुल २ लाख ७० हजार ५६० रुपैयाँको चेक साट्न बाँकी रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तै सहसंयोजक गौडेलले विभिन्न दाताहरुबाट ६ लाख ४१ हजार ७१६ रुपैयाँ उठ्न बाँकी रहेको बताउँदै कुल उठ्न बाँकी रहेको रकम १ करोड ५८ लाख ६८ हजार ४९१ रहेको उल्लेख गर्नुभएको छ ।
यस्तै महायज्ञ सञ्चालन गर्दा निर्माणतर्फ १ लाख १० हजार २६५ रुपैयाँ, प्रचारप्रसारतर्फ १ लाख ६७ हजार ५०० रुपैयाँ, छपाईमा १ लाख २८ हजार ९३७ रुपैयाँ, खाद्यान्न खरिद १ लाख ७३ हजार २०१ रुपैयाँ, सम्मान खर्च ४ लाख ३ हजार ७३५ रुपैयाँ, पूजा व्यवस्थापन १ लाख ५ हजार ६०० रुपैयाँ, सरसफाई रंगरोगन ३३ हजार २३० रुपैयाँ, दान दक्षिणा ११ लाख ४० हजार रुपैयाँ, सचिवालय व्यवस्थापन ८७ हजार २५९ रुपैयाँ, टेन्ट व्यवस्थापन ५ लाख रुपैयाँ, विद्युतिकरण ३७ हजार रुपैयाँ र विविध १ लाख २ हजार ८२५ रुपैयाँ गरि रु २९ लाख ८९ हजार ५५२ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आश्रमले आश्रमस्थलको वृहत गुरुयोजना अनुसार समावेसी गुरुकुल विद्यापीठ भवन, अतिथि सत्कार भवन, गुरुगोरखनाथ मन्दिर, गौशाला लगायतका विविध भौतिक संरचनाहरुको निर्माणका लागि महायज्ञ गरेको हो ।
करिब १० बिगाहा क्षेत्रफलमा फैलिएको कोटीहोम आश्रमले गुरुकुलीय पद्धतिद्वारा व्यावहारिक एवं जीवनोपयोगी संस्कृत शिक्षाको पठन–पाठन गर्ने गराउने व्यवस्था मिलाउँदै आएको मन्दिरका अध्यक्ष मनहरी कंडेलले बताउनुभयो ।
आर्थिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा गैँडाकोट नगपालिकाका नगरप्रमुख मदनभक्त अधिकारी, मन्दिरका पिठाधिस योगी खेचरनाथ, वडानम्बर १० का वडाध्यक्ष देविदत्त कंडेल लगायतको उपस्थिती रहेको थियो ।
महायज्ञ आयोजक समितिका संयोजक राजेन्द्रप्रसाद कण्डेल (राजु) को सभापतित्वमा भएको कार्यक्रममा मन्दिरका अध्यक्ष मनहरी कंडेलले उपस्थित सम्पुर्णलाई स्वागत गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया