नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत केराबारीमा सडक अवरुद्ध

चितवन, १७ साउन । अविरल वर्षापछि गएको पहिरोले भरतपुर महानगरपालिका–२९, केराबारीमा सडक अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार सडकमा लेदोसहितको पहिरो झरेकोले दुईतर्फीरुपमा सडक आवागमन अवरुद्ध भएको छ ।
जिल्ला ट्राफिक कार्यालयले केराबारीस्थित नारायणगढ मुग्लिङ सडकखण्डमा अविरल वर्षाको कारण पहिरो झरेर बाटो पूर्णरुपमा अवरोध भएको जानकारी सवारी चालक र यात्रुहरु गराएको छ । पहिरो पन्छाउने कार्य भइरहेको हुँदा यात्रा गर्दा उक्त सडकको अवस्था बुझेर मात्र जान जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिन सडकखण्डको ठाउँठाउँमा पहिरो जाने क्रम नरोकिएकोले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ । अत्यावश्यक कामले हिँड्नु परेमा पहिले सडकको अवस्था बुझेरमात्र यात्रा गर्न प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
तस्बिरहरु : जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन
तपाइँको प्रतिक्रिया