सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • राष्ट्रिय
    • मध्य नेपाल
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • सम्पादकीय
    • अन्य
      • विचार/ब्लग
      • रोचक

आख्यानकार निर्दोष जीवनको उपन्यास “नोस्टाल्जिया” विमोचन

  •  | १८ असार २०७९, शनिबार १८:४१ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • गैँडाकोट, १८ असार । आख्यानकार निर्दोष जीवनको उपन्यास “नोस्टाल्जिया” विमोचन भएको छ । प्रमुख अतिथी एलबी क्षेत्री, वरिष्ठ साहित्यकार गोविन्दराज विनोदी श्रष्टा नीलम कार्की निहारिका, साहित्यकार सिर्जन अविरल र जयराज रेग्मी मगरले उपन्यास विमोचन गर्नुभएको हो । शनिबार सम्पूर्ण किताब नारायणगढको आयोजनामा द नारायणी रिसोर्ट गैँडाकोटमा कृति विमोचन गरिएको हो । निर्दोष जीवनको यो नवौँ कृति हो ।

    सो अवसरमा वोल्दै प्रमुख अतिथी एलबी क्षेत्रीले निर्दोष जीवनले नोस्टाल्जिया उपन्यास मार्फत आफ्नो जीवन कहानी छर्लङ्ग उतारेको बताउनुभयो । उहाँले यस उपन्यास मार्फत आम पाठकले संघर्षको परिभाषा बुझन सहज हुने उल्लेख गर्नुभयो ।
    क्षेत्रीले पुस्तक लेख्ने विषय सजिलो नभएको टिप्पणी गर्नुभयो । कुनैकुनै श्रष्टाले लेख्न सजिलो तर छपाई गर्न गाह्रो भन्ने गरेको विषयलाई खण्डन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लेखाइको माध्यमबाट कुनैपनि विषयवस्तुलाई साहित्यमा ढाल्न निकै गाह्रो हुने उल्लेख गर्नुभयो ।

    वरिष्ठ साहित्यकार गोविन्द विनोदीले आख्यानकार निर्दोषले जीवनको ९८ प्रतिशत भोगाई र वाकी २ प्रतिशत कला प्रस्तुत गर्नुभएको बताउनुभयो । उहाँले उपन्यासको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

    कार्यक्रममा आख्यानकार सिर्जन अविरल र श्रष्टा नीलम कार्की निहारिकाले पुस्तकको टिप्पणी गर्दै पुस्तकमा शत प्रतिशत यथार्थता र लेखकको इमान्दारीता सवल पक्ष रहेको उल्लेख गर्नुभयो । साथै उपन्यासमा व्यक्तिको जीवनको संघर्ष, बाध्यताले गर्नुपरेको बसाइँसराइ र त्यसले पाएका दुःख, चेलीबेटी बेचविखनले लुटिएको नारीको अस्तीत्व लगायतको विषयवस्तुलाई यथार्थपरक ढङ्गले प्रस्तुत गरिएको उल्लेख गर्नुभएको थियो ।

    लेखक निर्दोश जीवनले जीवनमा आफुले भोगेका एक एक पललाई कथाको माध्यमबाट उपन्यासमा उतारेको बताउनुभयो । उहाँले आफ्नै माहिली दिदि भारतमा बेचीएको, एचआइभी एड्सको सिकार भएको र मृत्यु वरण गर्नुपरेको घटना, आफ्नो संघर्षरत जीवनमा जीवनसंगीनीले दिएका साथलाई उपन्यासको माध्यमबाट प्रस्तुत गरेको उल्लेख गर्नुभयो ।

    सम्पुर्ण किताव नारायणगढका सञ्चालक लेखराम सापकोटाले सहजीकरण गर्नुभएको कार्यक्रममा साहित्यकार जयराज रेग्मी, आकाश पौडेल लगायतले बोल्नुभएको थियो ।

     

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन
    लोकाहामा औद्योगिक क्षेत्र निर्माणका विषयमा कावासोतीमा अन्तरक्रिया
    मध्यविन्दु नगरपालिकाद्वारा अवैध रुपमा उत्खनन् गरिएका नदीजन्य पदार्थ जफत

    ताजा अपडेट

    नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन

    श्रावण २६, काठमाडौं । नेकपा एमालेले संघीय र प्रदेश निर्वाचनलाई लक्षित गरि निर्वाचन परिचालन कमिटी...

    लोकाहामा औद्योगिक क्षेत्र निर्माणका विषयमा कावासोतीमा अन्तरक्रिया

    कावासोती । नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको कावासोती र देवचुली नगरपालिकाको सिमानामा पर्ने लोकाहामा...

    • मध्यविन्दु नगरपालिकाद्वारा अवैध रुपमा उत्खनन् गरिएका नदीजन्य पदार्थ जफत
    • कांग्रेसको सामाजिक संजालमा रोइलो
    • कोरोनाबाट एकैदिन पाँच जनाको मृत्यु, नयाँ संक्रमित ८१५ जना
    • विष्णु माझीको नयाँ तीजगीत चरी जेलैमा–२ सार्वजनिक (भिडियोसहित)

    हाम्रो बारेमा

    सञ्चालक : मुकुन्दसेन मिडिया प्रा.लि.

    प्रबन्ध निर्देशक : असिफ गुरुङ्ग
    निर्देशक : शिला गुरुङ्ग, दिपेश गुरुङ्ग

    हाम्रो टिम

    अपरेशन ईन्चार्ज : नबिन सागर सुवेदी
    प्रधान सम्पादक : सूर्यप्रकाश कंडेल
    सम्पादक :
    न्यूज डेस्क : हिमा अर्याल
    आईटि : त्रिबिक्रम रेग्मी
    बजार संयोजक : भरत भट्टराई
    ग्राफिक्स : सुनिल शाही
    ड्रोन फोटोग्राफी : नारायण आचार्य (सौगात)
    फोटोग्राफी : गणेश आचार्य
    भिज्वल एडिटर :
    प्राबिधिक : नबिन धिताल

    रिपोर्टरहरु

    आनन्द पोखरेल
    बिन्दु वाग्ले
    विवेक भण्डारी
    सुस्मा सुनार

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal

     078-501420 । 501604   9855054138 । 9802938495   [email protected]
    Corporate Office
    Kathmandu-10, Anamnagar, Nepal
    Contact : +977-9801654138
    Branch office
    Kawasoti 2 Haat Bazar Line
    Mobile : 9800773371

    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.