उत्तर कोरियाले जापानतर्फ हान्यो मिसाइल

काठमाडौँ, कात्तिक १७ । उत्तर कोरियाले जापानतर्फ मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले मिसाइल प्रहार गरेपछि सुरक्षाका लागि जापानले ‘जे वार्निङ’ जारी गरेको र यो निकै खतरापूर्ण अवस्थामा मात्र जारी हुने बीबीसीले जनाएको हो ।
त्यस्तै जापानले आफ्ना नागरिकहरुलाई मिसाइलबाट जोगिन घरभित्र वा बंकरभित्र रहन आह्वान गरेको थियो । यद्यपि मिसाइलले क्षति पुर्याएको छैन ।
उत्तर कोरियाले बुधबार मात्रै दक्षिण कोरियातर्फ २३ मिसाइल प्रहार गरेको थियो । तीमध्ये एक मिसाइल दक्षिण कोरियाको जल सिमानाको केही टाढा खसेको थियो । यसको जवाफमा दक्षिण कोरियाले लडाकु विमानमार्फत् आकाशबाट जमिनमा आक्रमण गर्न मिल्ने मिसाइल उत्तरकोरियातर्फ प्रहार गरेको थियो । एजेन्सी
तपाइँको प्रतिक्रिया