जेष्ठ पत्रकारहरुलाई मासिक भत्ताको व्यवस्था

चितवन, २८ असार । नेपाल पत्रकार महासंघ चितवन शाखाले भरतपुर महानगरपालिकासँग सहकार्य गरेर जेष्ठ पत्रकारहरुलाई मासिक भत्ताको व्यवस्थाको थालनी गरेको छ ।
महानगरपालिका र महासंघको सहकार्यमा “भरतपुर महानगर जेष्ठ पत्रकार निवृत्तिभरण कार्यान्वयन कार्यविधि २०७८” निर्माण गरी यही वैशाखदेखि लागू हुने गरी यो व्यवस्था गरिएको हो । भरतपुर महानगरपालिकाले मंगलबार अक्षयकोषका लागि रु।२० लाख उपलब्ध गराएको छ ।
नेपाल पत्रकार महासंघ चितवन शाखामा आवद्ध ६० वर्ष पुगेका र २० वर्ष पत्रकारिता गरेका पत्रकारलाई निवृत्तिभरणको व्यवस्था गरिएको हो । पहिलोपटक चितवनका चार जना ज्येष्ठ पत्रकारले मंगलबार मासिक भत्ता बुझेका छन् । यसरी मासिक भत्ता बुझ्ने ज्येष्ठ पत्रकारहरुमा महेन्द्र श्रेष्ठ, रेशम विरही, डिआर पोखरेल र मोहन पोखरेल रहेका छन् । उनीहरुलाई मासिक चार हजार रुपैयाँका दरले तीन महिनाको १२ हजार रुपैयाँ वितरण गरिएको हो ।
तपाइँको प्रतिक्रिया