बहालवाला सांसदलाई बाटोमै पक्राउ गर्नु रहस्यमय : ओली

काठमाडौं, २१ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बहालवाला सांसदलाई बाटोमै पक्राउ गर्नु रहस्यमय भएको टिप्पणी गर्नुभएको छ । सिंहदरबारमा बिहीबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले दोषी उम्काउन पार्टीले प्रयास नगर्ने पनि बताउनुभयो ।
नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उहाँले यस्तो बताउनुभएको हो । निर्दोष पर्न नहुने र दोषीलाई उम्काउन नहुने ओलीको भनाई थियो । निर्दोषलाई फसाउन खोजे आफूहरूले नसहने उहाँले चेतावनीसमेत दिनुभयो ।
‘दोषी उम्काउने हाम्रो प्रयास हुँदैन,’ ओलीले भन्नुभयो, ‘निर्दोषलाई फसाउन खोजियो भने हामी सहन्नौं।’
तपाइँको प्रतिक्रिया