आँउदो चुनावमा पाँच वटै दललाई कर्याककुरुक पारेर पत्तासाफ गर्छौँः ओली

झापा, २० बैशाख ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले आँउदो निर्वाचनमा गठबन्धनका पाँच वटै दललाई कर्याककुरुक पारेर पत्तासाफ गर्ने चेतावनी दिएका छन् ।आज झापाको हल्दिबारीमा आयोजित चुनावी सभालाई संवोधन गर्दै अध्यक्ष ओलीले पाँच दलको गठबन्धन टुट्छ कि भन्ने आफूलाई डर लागेको बताए ।
एमालेसँग भीड्न कुनै पनि दलले नसक्ने र पाँच दल मिल्नै पर्ने बताए ।एमालेको अहिले पनि देशभर बहुमत रहेको र आउने निर्वाचन पछि पनि एमालेले बहुमतको सरकार बनाउने दाबी ओलीले गरे । उनले झापा जिल्ला लाल किल्ला बनाउने ठोकुवा समेत गरे ।
तपाइँको प्रतिक्रिया