राहदानी लिन आउनेको चाप बढेपछि …

काठमाडौँ, १२ जेठ । कामका लागि विदेश जानेको लर्को घटेको छैन । विदेश जान सबैभन्दा पहिले आवश्यक हुन्छ राहदानीको । काठमाडौँमा राहदानी लिन आउनेको चाप बढेपछि परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले आइतबार पनि सेवाग्राहीलाई सेवा प्रदान गर्ने भएको छ । विभागले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।
सरकारले जेठ १ गतेबाट हप्ताको दुई दिन शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय कार्यान्वयनमा ल्याएको थियो । हप्ताको दुई दिन सार्वजनिक विदा दिँदा राहदानी लिन आउनेको चाप बढेपछि विभागले आइतबार पनि सेवा प्रदान गर्ने निर्णय गरेको हो ।
विभागका अनुसार आइतबार विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सेवा प्रदान गरिने छ ।
तपाइँको प्रतिक्रिया