विश्व वातावरण दिवसको अवसरमा कावासोतीमा वृक्षारोपण

कावासोती, २२ जेठ । ५०औं विश्व वातावरण दिवसको अवसरमा आइतबार कावासोतीमा वृक्षारोपण गरिएको छ । ‘पृथ्वीको संरक्षण : दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने नारासहित कावासोती–१६ स्थित अंकुर आदर्श सामुदायिक वन उपभोक्ता समूहले कार्यक्रमको आयोजना गरेको हो ।
डिभिजन वन कार्यालय कावासोती, लायन्स क्लब अफ नवलपुर कावासोती, लायन्स क्लब अफ मिडप्वाइन्ट र जिल्लास्थित सरकारी कार्यालयहरुको सहकार्यमा भएको कार्यक्रममा विभिन्न प्रजातिका २ सय बिरुवा रोपिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता सन्तोष पाठकले जानकारी दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य संघसंस्थाका कार्यालय प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
तपाइँको प्रतिक्रिया