सरकारले युवा उद्यमशीलतालाई प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री देउवा

काठमाडौं, २७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले युवा उद्यमशीलतालाई प्राथमिकतामा राखेको बताएका छन् । उनले समुन्नत राष्ट्र निर्माणमा युवाहरुको भूमिका महत्वपूर्ण हुने भन्दै सरकारले युवाहरुलाई प्राथमिकतामा राखेको बताए ।
युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको राष्ट्रिय युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
उनले युवा वर्गमा मुलुकभित्र रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न आवश्यक देखिएको बताए । प्रधानमन्त्री देउवाले युवा केन्द्रित गतिविधिहरुको कार्य योजना निर्माण तथा कार्य सम्पादन कार्यभार युवा परिषद्ले गर्नुपर्ने बताए ।
उनले सरकारले उद्यमशीलता विकास र युवालाई रोजगारी प्रवद्र्धन,विकास निर्माणमा युवा सहभागिता, युवा वर्गको नेतृत्व विकास लगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको बताए ।
तपाइँको प्रतिक्रिया