प्रतिनिधिसभाको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित

काठमाडौं ,३०,भदौ । आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
आज दिउँसो १ बजे बस्ने भनिएको बैठक भोलि (शुक्रबार) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।
बिहीबारको बैठक विशेष कारणबस सार्नुपरेको भनिए पनि कारण भने स्पष्ट खुलाइएको छैन ।
तपाइँको प्रतिक्रिया