पेशामा सफल हुनु वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन : शंकर पोखरेल

काठमाडौँ, ८ असार । नेकपा एमाले महासचिव शंकर पोखरेलले कुनै पनि पेशामा तथा व्यवसायमा सफल हुँदैमा राजनीतिमा सफल हुन नसकिने टिप्पणी गरेका छन् । सञ्चार क्षेत्र छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेलाई इगित गर्दै महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राखेका हुन् ।
‘निश्चित व्यावसाय र पेशामा सफल हुनु वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन,’ उनले ‘राजनीतिमा योग्य हुन त्यसमै निष्ठापूर्वक समर्पित हुनु पर्दछ ।’
पूर्वपत्रकार रवि लामिछानेले असार ७ गते अर्थात हिजो राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । उनको पार्टी निर्वाचन आयोगमा दर्ता प्रकृयामा छ । पार्टीको नाममा स्वतन्त्र शब्द राखिएकोप्रति विरोध सुरु भएको छ ।
तपाइँको प्रतिक्रिया