सञ्चारकर्मी रवि लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौँ, ७ असार । सञ्चारकर्मी रवि लामिछानेले नयाँ दल खोलेका छन्। उनले आफ्नो दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखेका छन् । मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयजित घोषणा सभामा लामिछानेले नयाँ पार्टीको नाम घोषणा गरेका हुन् ।
अहिलेका राजनीतिक दलहरूसँग कुराकानी गरेको भए पनि आफू तिनमा जान नसकेकाले नयाँ पार्टी खोलेको उनले बताए। पार्टी घोषणा गर्नुअघि उनले आफू व्यवस्था परिवर्तन गर्न नभई जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको उनले बताए ।
पार्टी घोषणा गरेपछि उनले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको एजेन्डा अघि बढाउने बताए । लामिछानेले आफ्नो पार्टीलाई युवाको पार्टी बनाउने बताए।
नेपालमा अहिले संसदीय प्रणाली छ। संघीय सरकारमा प्रतिनिधि सभाबाट प्रधानमन्त्री र प्रदेश सभाबाट मुख्यमन्त्री छानिने संवैधानिक व्यवस्था छ।
तपाइँको प्रतिक्रिया