संसदीय चुनावमा रवि लामिछाने स्वतन्त्र उम्मेदवार बन्ने

काठमाडौं, २ असार । आगामी संसदीय चुनावमा सञ्चारकर्मी रवि लामिछाने स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् ।
लामिछानेले काठमाडौंको कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्ने चाहिँ अन्तिम टुंगो लागिसकेको छैन । स्रोतका अनुसार उनले ३ नम्बर क्षेत्र रोज्ने सम्भावना प्रवल रहेको छ । यद्यपि, निकटस्थहरूले १ नम्बर र ५ नम्बर पनि सुझाइरहेका छन् ।
यसका लागि लामिछानेले आजै ग्यालेक्सी टेलिभिजनबाट बिदाई भएका छन् । टिभीका अध्यक्ष जिवी राईले लामिछानेलाई खादा लगाएर औपचारिक विदाइ गरे ।
तपाइँको प्रतिक्रिया