असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक, अटेर गरे कडा कारबाही गरिने

काठमाडौं, २५ जेठ । सडक विभागले आगामी १ असारदेखि भदौ मसान्तसम्म सडक खन्न र भत्काउन नदिने भएको छ । सडक विभागले बुधबार सूचना जारी गरेर १ असारदेखि भदौ मसान्त अर्थात् आगामी तीन महिना सडक खन्न स्वीकृति नदिने भनेको हो ।
‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गर्न नसकिने र सडक पनि थप बिग्रँदै जाने भएको असार १ गतेदेखि भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजन मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने,’सूचनामा भनिएको छ ।
यसरी खन्दा सडक पनि थप बिग्रिंदै जाने विभागको स्पष्टीकरण छ । कसैले अटेर गर्दै जबरजस्ती सडक खनेमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने पनि विभागको सूचनामा उल्लेख छ ।
तपाइँको प्रतिक्रिया