पानीको मुहान संरक्षणका लागि गैँडाकोटमा वृक्षारोपण

गैँडाकोट, ४ असार । गैरसरकारी संस्था सहमती गैँडाकोट, विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) र जयश्री सामुदायिक वन उपभोक्ता समुहको सहकार्यमा गैँडाकोटमा वृक्षारोपण गरिएको छ । शनिवार गैंडाकोट ४ को चण्डिका मन्दिर वरीपरिको खाली स्थानमा आँप, बेलौती र लिचीका ३३० वटा विरुवाहरु रोपिएको हो । जसमा लिचि १०७, आँप ९३ र बेलौतीका ३० वटा विरुवा रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी गैँडाकोट–४ का वडाध्यक्ष तेजप्रसाद घिमिरेले बृक्षारोपक्षले वातावरणमा सकात्मक प्रभाव पार्ने बताउनुभयो । उहाँले विगतमा विविध कारणले नाङ्गा भएका डाँडाकाँडालाई जयश्री सामुदयिक बनले हराभरा गराएकाले वातावरणको संरक्षण भएको स्मरण गर्दै सफल, स्वच्छ र संतुलित वातावरण वनाउने कार्य समुदायको पहल बिना सम्भव नहुने बताउनुभयो । उहाँले वडामा हुने विकास निर्माण र सुधारका हरेक कार्यमा स्थानिय सरकारलाई पनि सहभागि गराउनु पर्ने धारणा ब्यक्त गर्नुभयो ।
कार्यक्रममा सिमसार क्षेत्र पुर्नस्थापना र नारायणी तटिय सामुहिक प्रयास तथा कार्ययोजनाका कोअर्डीनेटर दिनेश बस्ताकोटीले मानिसको जीवनमा पानी अत्यावश्यक चिज भएको भन्दै पानीका स्रोतहरुको सरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वृक्षारोपणले नै पानीको वृद्धिमा सहयोग पु¥याउने जनाकारी दिनुभयो ।
कार्यक्रममा आफ्ना भनाईहरु राख्दै सव डिभिजन वन कार्यालय गैंडाकोटका प्रतिनिधि दिनेश केसीले पानी संरक्षणका निम्ति वृक्षारोपण अनिवार्य भएकाले सबै पक्षले सामुहिक तथा व्यक्तिगत रूपमा भएपनि वृक्षारोपण गर्नै पर्ने धारणा ब्यक्त गर्नुभयो । बन भए मात्र पानी हुने र बन विनाको पानी सम्भव नहुने उहाँको तर्क थियो । वृक्षारोपण गरेरमात्र नहुने भन्दै त्यसको संरक्षणमा पनि ध्यान दिनुपर्ने केसीको धारणा थियो ।
जयश्री सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टोलनाथ घिमिरेले चण्डिका मन्दिर र शिवालय मन्दिरले यहाँको वन संरक्षणमा अग्रणी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । धार्मिक रुपले पनि यो क्षेत्र विकसित हुँदै गएकाले जसले संरक्षणमा योगदान दिन्छ आम्दानी पनि उसैले लिनेहुँदा बोट बिरुवाको संरक्षणमा यि दुई मन्दिरको बिशेष भूमिका रहने अध्यक्ष घिमिरेको भनाई थियो ।
कार्यक्रममा कार्यक्रममा गैंडाकोट खानेपानी पम्पिङ्ग स्किम तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष कृष्णप्रसाद न्यौपाने, कार्यपालिका सदस्य शान्ता भूजेल, जलुके खानेपानीका अध्यक्ष मोती चालिसे, संस्थाका लेखा समिति संयोजक बिष्णुप्रसाद सापकोटा र गैंडाकोट खानेपानीका निवर्तमान अध्यक्ष शोभाखर रिमाल लगायतको सहभागिता थियो । जयश्री सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टोलनाथ घिमिरेको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन सहसचिव वुद्धिसागर अधिकारीले गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया