काठमाडौँमा हुने सलमान खानको कार्यक्रम स्थगित

काठमाडौँ, १० जेठ । दशरथ रंगशालामा जेठ १४ गते शनिबार दशरथ रंगशालामा हुने भनिएको सलमान खानसहितको सांगीतिक कार्यक्रम दबंग टुर रिलोडेड स्थगित भएको छ ।
ओडीसी इन्टरटेन्टमेन्ट प्रालिका प्रबन्ध निर्देशक सिमान्त गुरुङका अनुसार स्थानीय तह चुनावका कारण टिकट बिक्रीमा परेको प्रभाव र वर्षात्का कारण हाललाई कार्यक्रम स्थगन गरिएको हो ।
कार्यक्रमका लागि अहिलेसम्म करिब ८ करोड रुपैयाँ खर्च भइसकेको र चाँडै छलफल गरेर नयाँ मिति तय गरिने आयोजकको भनाइ छ ।
सलमान कार्यक्रमको अघिल्लो दिन आएर मन्त्री आलेसँग माउन्टेन फ्लाईटमा जाने समेत कार्यक्रम तय थियो । तर अन्तिम समयमा कार्यक्रम रोकिएको हो ।
यसबारे आयोजक टिमले आधिकारिक रुपमा कुनै जानकारी दिएको छैन । कार्यक्रम केही समयका लागि स्थगित भएको हो वा हुँदै नहुने हो त्यो अन्योल नै छ ।
तपाइँको प्रतिक्रिया