सप्तरीको रुपनी गाउँपालिकामा विजय उत्सव मनाउन सार्वजनिक बिदा

सप्तरी, ९ जेठ । चुनाव जितेर आउन नपाउँदै सप्तरीमा रुपनी गाउँपालिका अध्यक्षमा विजयी लोकतान्त्रिक समाजवादी पार्टीका दिनेशकुमार यादवले अनौठो हर्कत गरेका छन् । उनको विजय उत्सव मनाउन उनकै निर्देशनमा गाउँपालिकाभरि सार्वजनिक बिदा दिइएको छ ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट पालिकामा निर्वाचित पदाधिकारीको विजय उत्सव कार्यक्रम रहेको भन्दै पालिकाले बिदा दिएको हो । पालिकामा नवनिर्वाचित अध्यक्ष यादवको निर्देशनमा शिक्षण संस्थादेखि स्वास्थ्य संस्थासम्ममा बिदा दिइएको छ ।
“स्थानीय तह निर्वाचनमा यस गाउँपालिकाबाट नवनिर्वाचित पदाधिकारीहरूको विजय उत्सव मनाउने प्रयोजनका लागि रुपनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेश कुमार यादव ज्यूको आदेश अनुसार गाउँपालिका क्षेत्र भित्रका सरकारी कार्यालय, संघसंस्था, शिक्षण संस्था, स्वास्थ्य संस्थालगायत सम्पूर्ण कार्यालयमा आज मिति २०७९ जेष्ठ ९ गते सोमबारका दिन सार्वजनिक विदा दिइएको व्यहोरा जानकारीका लागि अनुरोध छ,” प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
तपाइँको प्रतिक्रिया