साइनिङ इङिलस सेकेण्डरी स्कुल आइएसओ अवार्डबाट सम्मानित, जनप्रतिनिधिलाई गर्यो स्वागत

गैँडाकोट, ५ असार । गैँडाकोटको साइनिङ इङिलस सेकेण्डरी स्कुल आइएसओ अवार्डबाट सम्मानित भएको छ । युएएसएल युकेद्धारा प्रदान गरिने आइएसओ आर्वाडबाट सम्मानित भएपछि आइतबार स्कुलले एक कार्यक्रमको आयोजना गरि शिक्षक, विद्यार्थी र अभिभावकसंग खुसि साटेको थियो ।
सो अवसरमा विद्यालयले नगरपालिकामा निर्वाचित जनप्रतिनिधिलाई सम्मानित गरेको थियो । सो अवसरमा बोल्दै गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले आफ्नो ठाँउको विद्यालयले आइएसओ अवार्ड प्राप्त गर्नु गर्वको कुरा भएको उल्लेख गर्नुभयो । साथै उहाँले यस्ता किसिमका पुरस्कारहरु विद्यालयले प्राप्त गरिरहोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
गैँडाकोट शिक्षा शाखा प्रमुख डा.वालकृष्ण चापागाँईले विद्यालयले हरेक आन्तरिक पक्षलाई ध्यानमा राखेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।
विद्यालयका प्राचार्य लक्ष्मिप्रसाद दवाडीले स्कुलले सामाजमा विभिन्न पक्षसंग सहकार्य गरेर अगाडि बढेको उल्लेख गर्नुभयो । उहाँले अवार्ड प्राप्त गर्न एकजनाको मेहनतले मात्र सम्भव नहुँने भन्दै यसमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा अवार्डमा प्राप्त भएका प्रमाणपत्रहरु गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले विद्यालयपरिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा गैँडाकोट –५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटा, प्याप्सनका राष्ट्रिय उपाध्यक्ष गोपेन्द्र केशरी न्यौपाने, वरिष्ठ गायक एवं संगितकार अमर विरही गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक कपिल लामिछानेले कार्यक्रम संचालन र शिक्षिका इन्दिरा चापागाँइृले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया