अपाङ्गता भएका बालबालिकालाई गैँडाकोटमा शैक्षिक सामग्री प्रदान

गैँडाकोट, १७ जेठ । कोपिला नेपाल संस्थाले गैंडाकोट नगरपालिका भित्रका २५ जना अपाङ्गता भएका बालबालिकालाई विद्यालय पोशाक र शैक्षिक सामाग्री वितरण गरेको छ । कक्षा एक देखी कक्षा १२ सम्म अध्ययन गर्ने अपाङ्गता भएका बालबालिका वा अपाङ्गता भएका परिवारका बालबालिकालाई मंगलबार उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा गैंडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइरालाले अपाङ्गता भएका व्यक्तिहरुका लागि कोपिला नेपालले गरेको सहयोग निकै प्रशंशानिय रहेको बताउनुभयो । बालबालिका भविष्यको कणधार भएका हुनाले उनीहरुलाई उचित मार्गदर्शन गर्नका निम्ती यस्ता कार्यक्रहरु महत्वपुर्ण रहेको उहाँको भनाई थियो । साथै उहाँले आगामी दिनमा कोपिला नेपाललाई गैँडाकोट नगरपालिकाले समन्वय गरेर काम गर्ने बताउनुभयो ।
कोपिला नेपाल सस्थाले हाल नवलपुर जिल्लाको आठ वटै स्थानिय तह संग समन्वय गरेर कार्यक्रम गरिरहेको नवलपुर कार्यक्रम संयोजक सागर ढुंगानाले बताउनुभयो । अपांगता भएका व्यक्ती वा अपांगता भएको परिवार आर्थिक तवरले कमजोर रहने भन्दै यस कार्यक्रमले राहत मिल्ने उहाँको भनाई थियो । कोपिला नेपालले अपाङ्गता भएका बालबालिकाले अध्ययन गर्ने विद्यालयमा अपाङ्गता मैत्री शौचालय, धारा, भवनहरु बनेका छन् छैनन् अवलोकन गर्ने बताउनुभयो । उहाँले अपाङ्ग मैत्री नभएको विद्यालयलाई अपाङ्गमैत्री बनाउन संस्थाले सहयोग गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नम्वर ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटा, सामाजिक विकास शाखा अधिकृत देवेन्द्र गौतम, महिला बालबालिका शाखा प्रमुख सीता लामिछाने लगायतको उपस्थिती रहेको थियो ।
कोपिला नेपाल संस्थाको नवलपुर कार्यक्रम संयोजक सागर ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी कर्मचारी मधुमाया रानाभाटले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया