स्मल हार्ट एकेडेमीको वार्षिकउत्सव तथा अभिभावक दिवस २०७९ सम्पन्न

गैँडाकोट, माघ । स्मल हार्ट एकेडेमीले वार्षिकउत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ ।
गैँडाकोट वडानम्वर ४ मा रहेको विद्यालय प्राङ्गणमा शैक्षिक तथा सांस्कृतिक कार्यक्रम, फुड फेस्टिबल तथा सम्मान कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति गैँडाकोट नगरपालिकाका नगर उप–उपप्रमुख शान्ति कोइरालाले देशको शैक्षिक गुणस्तर माथि उठाउन निजी क्षेत्रका शैक्षिक सस्थाको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । उहाँले गुणस्तर शिक्षा प्रदान गदैआएकोमा विद्यालयलाई धन्यवाद समेत दिनुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले सम–सामयिक विषयमा अभिनय समेत गरेका थिए । इन्टरनेशनल स्कुल अवार्ड २०२०–२३ बाट सम्मानित समेत भएको विद्यालयले छोटो समयमै अभिभावकहरुको मन जित्न सफल भएको छ ।
कार्यक्रममा बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुका ७० वर्ष पूरा हुनुभएका हजुरवुवा हजुरआमालाई सम्मान समेत गरिएको बिद्यालयका प्रधानध्यापक निर्मल पाण्डेले बताउनु भयो ।
कार्यक्रममा गैँडाकोट वडा नम्बर ४ का वडाअध्यक्ष तेजप्रसाद मिघिरे,प्याब्सन केन्द्रीय उपाध्यक्ष गोपेन्द्रकेशरी न्यौपाने, नगर शिक्षा समितिका सदस्य डोलराज पाण्डे, अभिभावकबाट नारायण पण्डीत लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष कैलाश कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण बिद्यालय शिक्षिका सुशिला पाण्डेले गर्नुभएको थियो । २०६४ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा ७ सम्म पढाइ हुदै आएको छ ।
तपाइँको प्रतिक्रिया