हल्लैहल्लामा आमा बनेकी सोनम कपुर र भाइरल तस्बिर

एजेन्सी । सामाजिक सञ्जालमा बलिउड अभिनेत्री सोनम कपुर आमा बनेको हल्ला फिजिएको छ । तर वास्तविकतामा भने सोनम र आनन्द आहुजा आमाबाबु बनिसकेका छैनन्, चाँडै बन्न लागेका छन् ।
आफ्नो जीवनको सबैभन्दा विशेष चरणमा रमाइरहेका यो जोडि यतिबेला क्लाउड नाइनमा छन् । केही समयअघि सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको जानकारी गराएकी सोनमको यतिबेला हस्पिटलमा बच्चा च्यापेको तस्बिर भाइरल भएको छ ।
तस्बिरमा सोनम हस्पिटलको बेडमा पल्टिएकी छन् र काँखमा नवजात शिशु च्यापेकी छन् । झट्ट हेर्दा झुक्किए पनि यो तस्बिरमा सत्यता छैन । उनको फोटो इडिट गरेर राखेको देखिन्छ ।
उनी निकट स्रोतका अनुसार यतिबेला उनी क्लाउड नाइनमा आफ्ना पतिसँग छन् । हल्लैहल्लामा आमा बनेकी सोनमले आफू आमा बनेको वा नबनेकोबारे भने हालसम्म कुनै अभिव्यक्ति दिएकी छैनन् ।
तपाइँको प्रतिक्रिया