वर्षाले रोक्यो नेपाल र जिम्बावे ‘ए’बीचको क्रिकेट खेल

काठमाडौँ, १९ वैशाख । त्रिवि क्रिकेट मैदानमा आयोजित नेपाल र जिम्बावे ‘ए’ बीचको दोस्रो टी–२० खेल वर्षाका कारण रोकिएको छ ।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि जिम्बावे ‘ए’ले व्याटिङ गरिरहेको थियो । जिम्बावेले ४ ओभर ३ बलमा दुई विकेटको क्षतिमा ४८ रन जोडेको अवस्थामा खेल रोकिएको हो ।
जिम्बावे ‘ए’सँगको तीन खेलको टी–२० क्रिकेट सिरिजअन्तर्गत नेपाल आइतबार आफ्नो पहिलो खेलमा पराजित भएको थियो । नेपालले जिम्बावे ‘ए’सँग टी–२० सिरिजपछि तीन खेलको एकदिवसीय सिरिज पनि खेल्ने छ ।
तपाइँको प्रतिक्रिया