सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • राष्ट्रिय
    • मध्य नेपाल
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • सम्पादकीय
    • अन्य
      • विचार/ब्लग
      • रोचक

राष्ट्रपति गोटावाया राजापाक्षले देश छोडेर भागेपछि श्रीलंकामा संकटकाल घोषणा

  •  | २९ असार २०७९, बुधबार १३:२२ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षले पदबाट राजीनामा नदिई देश छोडेर भागेपछि त्यहाँ संकटकाल घोषणा गरिएको छ । राष्ट्रपति राजापाक्षले बुधबार राजीनामा दिने बताइएको थियो । राजीनामा नदिई उनले देश छोडेर भागेपछि संकटकाल घोषणा गरिएको हो ।

    चार दिनअघि श्रीलंकाको राजधानी कोलम्बोमा प्रदर्शनकारीले राष्ट्रपति भवन घेर्न अघि बढेपछि राजापाक्ष राष्ट्रपति भवनबाट भागेका थिए । राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीले राष्ट्रपति राजापाक्षले राजीनामा नदिएसम्म कब्जा गरिएको भवन नछोड्ने अडान राखेका थिए ।

    राष्ट्रपति राजापाक्ष भागेर अमेरिका जान चाहे पनि अमेरिकाले शरण नदिने भएपछि राजापाक्ष माल्दिभ्यसको राजधानी माले पुगेका छन् । राजापाक्षले देश छोड्न भारतले सहयोग गरेको आशङ्का गरिएको छ । यसअघि मंगलबार बिहान पनि राजापाक्षले देश छोड्ने प्रयास गरेका थिए। देश छोड्न विमानस्थल पुगेका उनलाई अध्यागमन विभागले फिर्ता पठाएको थियो । मंगलबार देश छोड्न नसकेका उनले बुधबार बिहान सेनाको हेलिकप्टर प्रयोग गरेर देश बाहिर गएका हुन् ।

    राजीनामा दिएपछि नयाँ प्रशासनले उनलाई कारबाही गर्नसक्ने भएपछि उनले राजीनामा नदिइकन नै देश छाडेर बाहिरिएका हुन् । श्रीलंकाको संविधान अनुसार राष्ट्रपतिले सभामुखसामु राजीनामा दिएपछि मात्रै नयाँ राष्ट्रपति चयन प्रक्रिया शुरु हुन्छ । राष्ट्रपतिले राजीनामा दिएसँगै नयाँ राष्ट्रपति नियुक्त नहुँदासम्म प्रधानमन्त्रीलाई नै कार्यावाहक राष्ट्रपतिको भूमिका दिने संवैधानिक व्यवस्था छ ।

    राष्ट्रपति राजापाक्षसँगै उनका भाइ बेसिल राजापाक्षले समेत देश छोडेका छन् । पूर्वअर्थमन्त्री रहेका उनको देश छोड्ने पहिलो प्रयास असफल भए पनि दोस्रो प्रयासमा उनी देश छोड्न सफल भएका हुन् । उनी अमेरिकातर्फ लागेको दाबी गरिएको छ ।

    देशको आर्थिक अवस्था कमजोर भएसँगै खाद्यान्न लगायत इन्धनमा आपूर्तिमा समस्या आएपछि गत अप्रिलमा पनि श्रीलंकामा ठूलो प्रदर्शन भएको थियो। प्रदर्शनका क्रममा सरकारी धनजनको क्षति भएको भन्दै सरकारले केही दिनका लागि संकटकाल घोषणा गरे पनि त्यो धेरै दिन टिक्न सकेको थिएन। उक्त समयमा बढेको प्रदर्शनसँगै प्रधानमन्त्री रहेका महिन्द्रा राजापाक्षले राजीनामा दिएका थिए। उनीसँगै महिन्द्राका भाइ बासिलले पनि अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

    राष्ट्रपति गोटावायाको राजीनामा आएसँगै श्रीलंकाको संसदले नयाँ राष्ट्रपति चयनको प्रक्रिया थाल्ने भनिएको थियो । पदबाट राजीनामा नदिइ राष्ट्रपति राजापाक्षले देश छोडेपछि श्रीलंकाको राजनीतिक संकट के हुन्छ भन्ने अन्योल बढेको छ ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    यसवर्षको जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन
    मध्यविन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परीक्षण
    विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडकको स्थलगत अनुगमन

    ताजा अपडेट

    यसवर्षको जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

    श्रावण २६, काठमाडौं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको छ...

    मध्यविन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परीक्षण

    चोरमारा, २५ साउन । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम शुरुवात भएको छ...

    • विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडकको स्थलगत अनुगमन
    • सामुदायिक वन दिवस – विष्णुनगरमा वृक्ष रोपण
    • अवैद्य घाटगद्दी गरेका नदीजन्य पदार्थ जफत गर्दै मध्यविन्दु नगरपालिका
    • थप ८ सय ६८ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

    हाम्रो बारेमा

    सञ्चालक : मुकुन्दसेन मिडिया प्रा.लि.

    प्रबन्ध निर्देशक : असिफ गुरुङ्ग
    निर्देशक : शिला गुरुङ्ग, दिपेश गुरुङ्ग

    हाम्रो टिम

    अपरेशन ईन्चार्ज : नबिन सागर सुवेदी
    प्रधान सम्पादक : सूर्यप्रकाश कंडेल
    सम्पादक :
    न्यूज डेस्क : हिमा अर्याल
    आईटि : त्रिबिक्रम रेग्मी
    बजार संयोजक : भरत भट्टराई
    ग्राफिक्स : सुनिल शाही
    ड्रोन फोटोग्राफी : नारायण आचार्य (सौगात)
    फोटोग्राफी : गणेश आचार्य
    भिज्वल एडिटर :
    प्राबिधिक : नबिन धिताल

    रिपोर्टरहरु

    आनन्द पोखरेल
    बिन्दु वाग्ले
    विवेक भण्डारी
    सुस्मा सुनार

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal

     078-501420 । 501604   9855054138 । 9802938495   [email protected]
    Corporate Office
    Kathmandu-10, Anamnagar, Nepal
    Contact : +977-9801654138
    Branch office
    Kawasoti 2 Haat Bazar Line
    Mobile : 9800773371

    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.