सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • राष्ट्रिय
    • मध्य नेपाल
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • सम्पादकीय
    • अन्य
      • विचार/ब्लग
      • रोचक

यस्तो थियो श्रीलंकामा राजापाक्षे परिवारको रजाइँ : दाइ प्रधानमन्त्री, भाइ राष्ट्रपति, मन्त्री थिए अरु दुई भाइ

  •  | २७ असार २०७९, सोमबार १६:३२ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • एजेन्सी । नेतृत्वमा रहेको व्यक्तिले पारिवारिक स्वार्थलाई राष्ट्रभन्दा माथि राख्दा देश कस्तो हुन्छ ? यसको गतिलो उदाहरण हो श्रीलंकामा देखिएको आर्थिक संकट। सन् १९४८ मा बेलायतको उपनिवेशिक शासनबाट स्वतन्त्र भएको निर्वाचनमा डोन एल्भिन राजापाक्षेले विजयी भए।

    उनी निर्वाचनमा विजयी हुनुपछाडि अर्को कथा छ, डोन एल्भिनका भाइ डोन म्याथ्यु राजापाक्षे। म्याथ्यु पूर्णकालीन राजनीतिमा थिए। देश स्वतन्त्र हुनुपूर्व भएको राज्य परिषद्को निर्वाचनमा उनी विजयी भएका थिए। त्यो निर्वाचमा एल्भिनले भाइलाई सहयोग गरे पनि उनी भने राजनीतिमा सक्रिय थिएनन्।

    एक घटनामा सन् १९४५ मा म्याथ्युको निधन भयो। आफ्नो क्षेत्रमा राम्रो पकड भएका म्याथ्युको निधनले कार्यकतामा असर गर्‍यो। भाइको राजनीतिक विरासत सम्हाल्न आएका थिए एल्भिन राजापाक्षे। यिनै राजापाक्षेको परिवार आज श्रीलंकाको राजनीतिको केन्द्रमा छ।

    डोन एल्भिन श्रीलंकाको राजनीतिमा अघि बढ्दै गर्दा उनी संलग्न युनाइटेड नेशनल पार्टीमा एक साथी थिए, सर सोलोमन डायस अबेविक्रम जयतिल्लेके सेनेविरत्न राजकुमारुना कडुकेरालु बन्दरनायके। बन्दरनायकेलाई श्रीलंकाको पहिलो प्रधानमन्त्रीका रूपमा हेरिएको थियो। यद्यपि, राजनीतिक खिचातानीका कारण उनी त्यो दौडबाट केही पर पुगे। दौडमा पछि परे पनि उनको इच्छा भने मरेको थिएन। बन्दरनायके पार्टीको नीतिमा असन्तुष्ट हुन थाल्दै थियो यो समयमा।

    जुलाई १९५१ मा उनी आफ्ना समर्थकसहित विपक्षीको कुर्सीमा बसे। योसँगै उनले युनाइटेड नेशनल पार्टी परित्याग गरे र नयाँ पार्टीको नाम राखे श्रीलंका फ्रिडम पार्टी। उनलाई डोन एल्भिन राजापाक्षेले साथ दिएका थिए। सन् १९५६ को निर्वाचनमा सफलता प्राप्त गर्दै पार्टी पहिलो पार्टी भन्यो। बन्दरनायकेको नेतृत्वमा सरकार सञ्चालन हुँदै थियो। २५ सेप्टेम्बर १९५९ को दिन एक बौद्ध भिक्षुको भेषमा आएको व्यक्तिले गोली हानी उनको हत्या गर्‍यो।

    सोलोमन बन्दरनायकेको निधनपछि पार्टी अध्यक्षसहित प्रधानमन्त्रीको पद खाली थियो। डोन एल्भिनलाई उक्त पदमा बस्ने अवसर आएको थियो तर अन्तिम घडीमा सोलोमनकी पत्नी श्रीमा रतबत्ते डायस बन्दरनायकेले आफूलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदमा अगाडी बढाइन्। पार्टी र सरकार दुवैको नेतृत्वमा श्रीमाको हातमा आयो। उनी विश्वको पहिलो महिला प्रधानमन्त्री समेत हुन्।

    डोन एल्भिन राजनीतिमा खासै अगाडि बढ्न सकेनन्। सन् १९६५ मा निर्वाचनमा उनी पराजित भए। त्यसको दुई वर्षपछि उनको निधन भयो। एल्भिनका ९ सन्तान थिए। उनकै सन्तान गोटावाया राजापाक्षे हाल देशको राष्ट्रपति छन्।

    प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जामा लिँदै गर्दा भागेर नौसेनाको शरणमा पुगेका उनले आउँदो बुधबार पदबाट राजीनामा दिने बताइएको छ। राष्ट्रपति गोटावायाको राजीनामा आउने साभमुखले दाबी गरेका थिए। राष्ट्रपतिले पनि आफूले राजीनामा दिने बताएका छन्। राष्ट्रपति भवन घेर्न ट्याम्पल ट्रि पुगेका प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका छन्।

    राष्ट्रपति भवनबाट ठूलो परिणामका नगद भेटिएको समाचार आएको छ भने प्रदर्शनकारीले राष्ट्रपतिको राजीनामा नआएसम्म भवन नछोड्ने बताएका थिए। यसअघि केही महीनाअघि भएको प्रदर्शनपछि उनका तत्कालिन प्रधानमन्त्री महिन्द्रा राजापाक्षे पनि भागेर नौसेनाको शरणमा पुगेका थिए। पिताको निधनलगत्तै १९७० को दशकबाट महिन्द्रा राजनीतिमा सक्रिय हुँदा गोटावाय भने सेनामा भर्ती भए।

    सन् १९९४ मा श्रीमाले श्रीलंका फ्रिडम पार्टीको नेतृत्व आफ्नो छोरी चन्द्रिका कुमारातुंगालाई दिइन्। १९९४ देखि २००५ सम्म चन्द्रिका देशको राष्ट्रपति रहिन्। चन्द्रिका देशको राष्ट्रपति हुँदा महिन्द्रा मन्त्रिपरिषद्का विभिन्न भूमिकामा थिए। सन् २००५ मा चन्द्रिकाले राजनीति परित्याग गर्ने घोषणा गरिन्, घोषणा महिन्द्राका लागि ठूलो अवसर थियो। महिन्द्राले भाइ गोटावायाको सहयोगमा निर्वाचित भए। सन् १९९१ मा सेनाको जागिरबाट अवकास प्राप्त गरेपछि गोटावाया अमेरिकामा बस्दै आएका थिए। दाई महिन्द्रा राष्ट्रपतिमा हुँदा भाई गोटावाया रक्षामन्त्री भए।

    यो सयममा श्रीलंका गृहयुद्धको चरम अवस्थामा थियो। सन् २००९ सम्म आउँदा त्यो अन्त्य भयो। गृहयुद्धको अन्त्यसँगै युद्धको न्यायिक छानबिनको माग उठेको थियो। त्यसलाई अस्वीकार गरेका राजापाक्षे दाजुभाइले राज्यका विभिन्न निकायमा भने परिवारका व्यक्तिलाई नियुक्त गर्दै गए। समय यस्तो पनि थियो कि अप्रिलअघिसम्म राजापाक्षे परिवारका करीब ४० सदस्य सरकारका विभिन्न तहमा थिए। यो परिवारले राष्ट्रिय ढुकुटीलाई परिवारको हितमा खर्च गरेको आरोप छ। जनताले हाल श्रीलंकाले व्यर्होनु परेको आर्थिक संकटका पछाडी राजापाक्षे परिवारको हात रहेको आरोप लगाउँछन्।

    सन् २०१५ मा तेस्रो पटक राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गर्दै गरेका महिन्दा राजापाक्षे परिवारवाद, बढ्दो भष्टचारलगायतको मुद्दाको सामना गर्न नसक्दा पराजित भए। मत्रिपाल श्रीसेना देशका राष्ट्रपति भए। श्रीसेना महिन्द्राको मन्त्रिपरिषद्मा रहेका काम गरेका व्यक्ति थिए जसले पछि आफ्नो छुट्टै राजनीतिक पार्टीको स्थापना गरे। श्रीसेना सरकारले राजापाक्षे परिवारका सदस्यविरुद्ध भष्ट्राचारलगायतमा मुद्दा चलाउने निर्णय गर्दा राजापाक्षे परिवारका धेरै सदस्य विदेश भागेका थिए।

    निर्वाचनमा पराजित भए पनि राजापाक्षे परिवार सत्ताको सुखबाट धेरै समय टाढा रहनु परेन। संवैधानिक संटकका कारण श्रीसेनाले विपक्षी दलका नेता महिन्द्रालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुप¥यो। यद्यपि, उनको नियुक्तिलाई अदालतले अवैधानिक ठहर गरेपछि उनले प्रधानमन्त्रीको कुर्सी छोड्नुप¥यो।

    सन् २०१९ को राष्ट्रपतीय निर्वाचनमा महिन्द्रा राजापाक्षे राष्ट्रपतिमा प्रतिस्पर्धा गर्न पाएनन्। कारण श्रीसेना सरकारले एक व्यक्ति राष्ट्रपतिमा दुई कार्यकालभन्दा बढी हुन नपाउने नियम लगाएको थियो। राजापाक्षे परिवारले अर्को बाटो निकाल्यो। गोटावाय राजापाक्षे राष्ट्रपतिको उम्मेदवार भए र निर्वाचनमा विजय हासिल गर्दा दाई महिन्द्रा देशको प्रधानमन्त्री नियुक्त भए। गोटावाया र महिन्द्राका अलावा उनीहरूका दुई भाइ पनि मन्त्री थिए । (एजेन्सीहरुको सहयोगमा)

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    यसवर्षको जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन
    मध्यविन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण
    विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडकको स्थलगत अनुगमन

    ताजा अपडेट

    यसवर्षको जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

    श्रावण २६, काठमाडौं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको छ...

    मध्यविन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण

    चोरमारा, २५ साउन । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम शुरुवात भएको छ...

    • विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडकको स्थलगत अनुगमन
    • सामुदायिक वन दिवस – विष्णुनगरमा वृक्ष रोपण
    • अवैद्य घाटगद्दी गरेका नदीजन्य पदार्थ जफत गर्दै मध्यविन्दु नगरपालिका
    • थप ८ सय ६८ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

    हाम्रो बारेमा

    सञ्चालक : मुकुन्दसेन मिडिया प्रा.लि.

    प्रबन्ध निर्देशक : असिफ गुरुङ्ग
    निर्देशक : शिला गुरुङ्ग, दिपेश गुरुङ्ग

    हाम्रो टिम

    अपरेशन ईन्चार्ज : नबिन सागर सुवेदी
    प्रधान सम्पादक : सूर्यप्रकाश कंडेल
    सम्पादक :
    न्यूज डेस्क : हिमा अर्याल
    आईटि : त्रिबिक्रम रेग्मी
    बजार संयोजक : भरत भट्टराई
    ग्राफिक्स : सुनिल शाही
    ड्रोन फोटोग्राफी : नारायण आचार्य (सौगात)
    फोटोग्राफी : गणेश आचार्य
    भिज्वल एडिटर :
    प्राबिधिक : नबिन धिताल

    रिपोर्टरहरु

    आनन्द पोखरेल
    बिन्दु वाग्ले
    विवेक भण्डारी
    सुस्मा सुनार

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal

     078-501420 । 501604   9855054138 । 9802938495   [email protected]
    Corporate Office
    Kathmandu-10, Anamnagar, Nepal
    Contact : +977-9801654138
    Branch office
    Kawasoti 2 Haat Bazar Line
    Mobile : 9800773371

    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.