चिनीको मुल्य बढ्यो, प्रतिकिलो एक सय पाँच रूपैयाँ

काठमाडौं, २९ जेठ । नेपाली बजारमा चिनीको मुल्य बढेको छ । बढेको मुल्यपछि चिनीको मूल्य प्रतिकिलो एक सय पाँच रूपैयाँ पुगेको हो । नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले आजदेखि चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँले बढेर १०५ रुपैयाँसम्म पुगेको बताए ।
उनका अनुसार यसअघि खुद्रा बजारमा प्रतिकिलो ९५ रुपैयाँ थियो । अहिले बढेर १०५ रुपैयाँ पुगेको हो । पछिल्लो समय चिनीको होलसेल मूल्य बढेर आएकाले आफूहरू पनि चिनीको मूल्य बढाउन बाध्य भएको उनी बताउँछन्।
उनले गत बिहीबार उद्योगीबाट चिनी खरिद गरेका थिए। उक्त मूल्यका आधारमा चिनी प्रतिकिलो प्रतिकिलो एक सय पाँच रूपैयाँ पुगेको हो। फेरि, नयाँ चिनी ल्याउँदा उपभोक्ता मूल्य अझै बढ्न सक्ने उनले बताए।
उनले भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाल प्रभावित बनेको बताए ।गत जुन १ बाट लागू हुनेगरी भारतले चिनी निर्यातमा रोक लगाएको हो।भारतले घरेलु मागलाई सम्बोधन गर्न भन्दै यस्तो प्रतिबन्ध लगाएको बताएको छ।
चिनी उत्पादनको सिजनमा भने एक करोड मेट्रिक टनसम्म निर्यात नरोकिने पनि बताइएको छ।
तपाइँको प्रतिक्रिया