राजनीतिमा लागेको लेउ हटाउन पोखरीमा छिर्ने हिम्मत गरेँ : श्वेता खड्का

काठमाडौँ, २० वैशाख । मंगलबार नेपाली काँग्रेसमा प्रवेश गरेकी नायिका श्वेता खड्काले आफूले राजानीतिमा लागेको लेउ सफा गर्न पार्टीमा लाग्ने हिम्मत गरेको बताएकी छिन् ।
फेसबुकमा लामो स्टेटस राख्दै नायिका खड्काले राजनीति व्यवसायिक पेशा नभई सेवाको क्षेत्र भएको र राजनीतिलाई कमाइ गरी खाने भाँडोको रुपमा प्रयोग गर्नेहरुलाई विस्थापित गर्नको लागि अग्रसर हुने महसुस भएको कारण आफू यो क्षेत्रमा आएको बताएकी छिन् ।
उनले सबै दलको संस्थागत सिद्धान्त खराब नहुने तर सिद्धान्त कार्यान्वयन गर्ने व्यक्तिको आचरण खराब हुने भन्दै सबै राजनीतिक दल सिद्धान्त कार्यान्वयनका असफल रहेको उल्लेख गरेकी छिन् । उनले राजनीतिक सिद्धान्त कार्यान्वयनको असफलता देशका धेरै क्षेत्रमा र व्यक्तिगत जीवनमा परेको पनि बताएकी छिन् ।
राजनीतिलाई फोहोरी खेलको रुपमा परिभाषित गर्दै नेतालाई धारे हात लगाउने बेला गएको भन्दै उनले लेखेकी छिन्, ‘प्रणाली परिवर्तनको लागि प्रणाली निर्माणकै हिस्सा बन्न जरुरी छ । मैले यसको लागि आदरणीय बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको पथमा आफ्नो पाइला अगाडि बढाएकी हुँ ।’
तपाइँको प्रतिक्रिया