अतिक्रमण
नेपाली भूमिमा चीनकाे अतिक्रमण : सीमामै नपुगी फर्किएको छानबिन टोलीलाई नौ लाख निकासा
काठमाडौं, २२ पुस । चीनले हुम्लास्थित नेपाली भूमि अतिक्रमण गरेकोमा छानबिन गर्न गठित समितिलाई नौ लाख रुपैयाँ निकासा गरेको खुलेको छ । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वमा गठित समितिलाई लिमी लाप्चासम्मको भूमिबारे अध्ययन गर्नका लागि नौ लाख रुपैयाँ निकास गरेको अर्थ मन्त्रालयले जनाएको छ । सहसचिव आचार्य नेतृत्वको उक्त टोलीले नेपाल–चीन सीमा स्तम्भ नम्बर १२ नजिकैको लिमी लाप्चा क्षेत्रको भ्रमण गरे पनि मौसम प्रतिकुलता भन्दै ११ नम्बर पिलरमा भने नगई...